२०८१ फाल्गुन ४, आईतवार १७:२४

जनकपुरधामको बाह्रविघा मैदानमा यामाहाको मेगा एक्सचेन्ज अफर आइतबारबाट सुरु भएको छ ।

आइतबार मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मेगा एक्सचेन्ज अफरको उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै उनले आफूले २०५५ सालमा यामाहाको वाइबीएक्स मोटरसाइकल खरीद गरेको स्मरण गर्दै यामाहा कम्पनीको मोटरसाइकलको सबैभन्दा बढी टिकाउ र भरपर्दौ हुने बताए । साथै उनले हाल यामाहाले सुरु गरेको मेगा एक्चेन्जका अफरहरु अति आकर्षक रहेको र यसको लाभ सबैले लिन उनले आग्रह गरे ।

आइतबार बाट सुरु भएको एक्चेन्ज अफर ९ गत्ते (शुक्रबार) सम्म चल्ने जनाइएको छ । यामाहा मेगा एक्सचेन्जमा पुरानो बाइक वा स्कुटरमा १०,००० रुपैयाँको अतिरिक्त मूल्याङ्कन पाउनुका साथै नयाँ यामाहाको खरिदमा ६,००० रुपैयाँको नगद छुटको व्यवस्था रहेको छ । साथै हेलमेट, लेगगार्ड, फुटम्याट, बाइक कभर र ब्याग लगायतका एसेसेरिजहरु फ्रिमा दिइने कम्पनीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News