
नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।
आईतवार बसेको राष्ट्रिय सभाको बैठकले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो । बैठकमा सरकारको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विधेयक प्रश्तुत गरेका थिए ।
उक्त विधेयकमाथि सांसदहरुले छलफल गरे । सांसदहरुको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रश्ताव प्रश्तुत गरे ।
प्रश्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते मंगलवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।