राष्ट्रिय एकता अभियान बाराले स्थानीय पहिचानलाई मेटाउँदै विदेशी मुस्लिम नामाकरणको विरोध जनाएको छ ।
एकता अभियानले बारा जिल्लाका केही स्थानहरूको ऐतिहासिक र भौगोलिक पहिचान मेटाउने गरी पुरानो नामका सट्टा गरिएको नया नामाकरणको बिरोध जनाएको हो ।
पुरानो नाम र स्थानिय पहिचान मेट्ने गरी गरिएको नायानामकरणको बिरोध जनाउदै त्यसलाई अबिलम्ब हटाउन बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । अभियानले प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापन पत्रमा विदेशी शब्दमा आधारित गरिएको नामाकरणबाट स्थानिय पहिचान मेटाउने जेहादी सडयन्त्र मुलुकमा भइएको प्रति गम्भीर आपत्ति जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसंत अधिकारीलाई अभियानका नेताहरुले ज्ञापनपत्र बुझाउँदै मौलिक पहिचान मेट्ने नामकरण अबिलम्ब हटाउन आग्रह गरे । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार, फेटा गाउँपालिका अन्तर्गतको फेटा बजारलाई “मुस्तफा चौक“ र कोलबी नगरपालिका–७ स्थित धोधरपा गाउँ स्थित “अन्सारी चोक“ जस्ता नयाँ नामकरण नेपालको मौलिक परम्परासँग मेल नखाने भएकाले त्यतोनामकरण भएका जिल्लाका सबै बोर्डहरु अबिलम्ब हटाउने माग गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा नेपालको ऐतिहासिक स्थानहरूको मौलिकता जोगाउन प्रशासनले कडा अनुगमन गर्नुपर्ने र विदेशी जेहादीहरुको इसारामा भइरहेका यस्ता साम्प्रदायिक गतिविधि पुनः नदोहो¥याउने गरी दीर्घकालीन नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । नेपाल बहुसांस्कृतिक राष्ट्र भए पनि बाह्य प्रभावका कारण मुलुकको मूल पहिचान मेट्ने कार्य कुनै पनि हालतमा, कुनै पनि स्वाभिमानी नेपालीलाई स्वीकार्य नहुने संगठनले जनाएको छ ।
राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग शीघ्र आवश्यक निर्णय तथा उचित कारबाहीको माग गर्दै नेपालको सांस्कृतिक पहिचान बचाउन यो कदम आवश्यक रहेको ज्ञापन पत्रका उल्लेख छ ।


