२०८१ फाल्गुन ६, मंगलवार १८:०७

राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ ।

आयोगले अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको प्रतिवेदन बुझाउँदै १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा याे समिति रहने गर्छ ।

सरकारले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारेको छ । त्यसमा झन्डै १२ प्रतिशत वृद्धि हुने गरी सीमा निर्धारण गरेको योजना आयोगले जनाएको छ ।

आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।

Comment


Related News

Latest News

Trending News