२०८१ फाल्गुन ७, बुधबार ०८:३१

महिलाहरुको पहिचान र अधिकारलाई नेतृत्व गर्ने नेताहरुको भुमिका दरो हुनुपर्नेमा जोड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले नेपाली काँग्रेस जनप्रिय पार्टी रहेको हुँदा नेताहरु पनि जनप्रिय बन्नु पर्ने बताए ।

नेपाली काँग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा मंगलबार आयोजित महिला नेतृत्व, अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख भुसालले बताइन् । नेपालको संविधान र नेपाली कांग्रेसको विधानले प्रदत्त गरेको महिलाहरुको पहिचान र अधिकारलाई अन्य दल भन्दा फरक ढंगबाट विष्लेशन गरेर नेतृत्व गर्ने नेताहरुको भुमिका दरो हुनुपर्नेमा जोड दिइन् ।

क्रान्तिको भुमि मधेश प्रदेश रहेको हुँदा जबजब नेपालमा संटक पर्दछ तब तब मधेशका महिलाहरु पनि पुरुषको काँधमा काँध मिलाएर आफ्नो दरो भुमिका निर्वाह गर्दै आएको हुँदा महिला नेतृत्वलाई अवसर प्रदान गरिएमा संगठन बलियो हुने विश्वास व्यक्त गरिन् । केन्द्रीय महिला विभागले सात वटै प्रदेशमा यस्ता कार्यक्रम गर्न लागिएको स्पष्ट पार्दै महिला विभाग प्रमुख भुसालले हामीले प्राप्त गरेको हक र अधिकारलाई नेपाली काँग्रेसले कति दियो त्यसको विश्लेशन गर्नुपर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा मैंले लिएको छु ।

यो महिलाको मात्रै नभई समग्र पार्टीको कार्यक्रम हो । आम महिलालाई अगाडि बढाउनका लागि नेपाली काँग्रेसको नेतृत्व वर्गले सोच्नु पर्छ । जनताको विषय बस्तुलाई सहि समयमा उठाएर समाधान गराउनुपर्ने बताए । कांग्रेसले क्रान्ति गर्दा खेरी मधेशको वीरगञ्जबाट शुरु गरिएको हुँदा प्रदेशको भुमिका अविष्मणीय रहेको चर्चा गर्दै मधेशका महिलाहरु प्रजातन्त्र र लोकतन्त्रका लागि आहुति दिएका थिए । कांग्रेसले अवसर र मान्यता दियो ।

बाराको नेता शुबर्ण शम्शेरको तस्वीर राखेर अर्घाखाँचीबाट जिताउने हामी काँग्रेसका नेताहरु विचारलाई जिवन्त राख्दै संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । सांसद बन्छु, मन्त्री बन्छु, प्रधानमन्त्री बन्छु भनेर आन्दोलन गरेको होइन, विकास समृद्धि र लोकतन्त्रको लागि आन्दोलन गरेका थिए । लोकतान्त्रिक मूल्य मान्यताका लागि हामी संगठनलाई बलियो बनाउनुपर्ने जिकिर गरिन् । अब नेपाली काँग्रेसको काँधमा देशको जिम्मेवारी ल्याएर लोकतन्त्रको जगलाई बलियो बनाउनु पर्ने जिकिर गरिन् ।

सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधि, महेन्द्र यादव, प्रचार प्रसार विभाग प्रमुख नितशकुमार गुप्ता सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News