
अख्यितारमा उजुरी परेपछि सप्तरीको राजविराज नगरपालिकामा ५० लाख रुपैयाँ १० प्रतिशत ब्याज समेत फिर्ता भएको छ ।
नगरपालिका क्षेत्रमा सीसीटीभी क्यामरा, मोनिटर, ब्याकअपलगायतको सामग्री वापत ५० लाख ७५ हजारको कार्यदेश उपभोक्ता समितिले पाएकोमा ५२ लाख ७५ हजार भुक्तानी गरिएको थियो । तत्कालीन कार्यवाहक नगर प्रमुख ईसरत परविण, योजना प्रमुख मनोजकुमार यादव र इन्जिनियर अशोककुमार दासले योजनाको अनुगमन गर्दै ५० लाख ७५ हजार रहेकामा ५२ लाख ४३ हजार ७ सय ५८ रुपैयाँ ५३ पैसा बराबरको काम मूल्यांकन गरी प्रतिवेदन दिएको थियो ।
सय १० वटा सीसीटीभी कैमरा जडानको क्रममा प्रति कैमरा ४७ हजारभन्दा बढी भुक्तानी भएको देखिन्छ । अख्तियारले छानबिन प्रकृया अगाडि बढाएको सुइको पाए लगतै रकम ब्याज सहित फिर्ता गरिएको छ । वाणिज्य बैंकमा रहेको राजविराज नगरपालिकाको खातामा रकम जम्मा भएको लेखा शाखाले पुष्टि गरेको छ ।