अपडेट 
२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको मौखिक आश्वासन संगै रौतहटको परोहा नगरपालिका दशगज्जा छेउमा आमरण अनसन बसेकाहरुले अनसन तोडेका छन् ।

गएराति अनसन स्थलमै पुगेका सिडियो रेग्मीले अनसनकारीको माग अनुसार खाप नाका भएर चारचक्के गाडी आवत जावतको लागी भारतीय पक्ष संग पहल गरी खुलाउने आश्वासन दिए पछि सहमती भएको थियो । सहमतिपछि प्रमुख जिल्ला अधिकारी रेग्मीले तीनैजना आन्दोलनकारी लाई जुस ख्वाएर अनसन तोडाएका थिए ।

चारचक्के गाडीको आवागमन सुचारु गराउन पहल गर्ने तर छोटी भन्सार सञ्चालन गराउन नसकिने अवस्था रहेको उनको भनाइ छ । खाप नाकामा छोटी भन्सार सञ्चालन गर्न पारी भारत तर्फ कस्टम कार्यालय अनिवार्य हुन्छ, तर त्यो सम्भव नै नरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएको समाजसेवी महमद अब्दुल्लाह ले बताएका छन् । प्रमुख जिल्ला अधिकारीको आश्वासन लगत्तै आन्दोलनकारी संग सहमती गरी उनले जानकारी दिएका छन् ।

खाप नाकामा छोटी भन्सार सञ्चालन र चारचक्के सवारी साधन आवागमनको माग गर्दै परोहा नगरपालिका ९ का अवकास प्राप्त शिक्षक ६५ वर्षीय महमद तजमुल, पूर्व गाविस उपाध्यक्ष ६७ बर्षीय जगतलाल यादव, नेपाल जनता पार्टीका प्रदेश सदस्य ५५ बर्षीय साहेब लाल साह बुधवार बिहान १० बजेदेखि आमरण अनसनमा बसेका थिए ।

२००७ सालमा देशमा प्रजातन्त्र बहाली भएसंगै छोटी भन्सार खाप सञ्चालन भएको थियो । तत्कालीन विद्रोही माओवादी सशस्त्र विद्रोहको समय असुरक्षाको कारण देखाउँदै उक्त भन्सार जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको समाजबादी नेता तथा परोहाका मेयर प्रत्याशी शेख अब्दुल्लाहले बताए । छोटी भन्सार डेढ दशक अघि बन्द भएपनि चारचक्के सवारी साधन भने बिगतको जस्तै भइरहेको थियो । तर बिश्व ब्यापी रूपमा चलेको कोरोना महामारीको समय देखि भारतीय सीमा सुरक्षा बल एसएसबीले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ ।

कोरोना पछी सीमा नाकामा असहज परिस्थितिको कारण वारिपारि बीच बिहेवारी गर्न गराउन दुवै तर्फका मानिस आनाकानी गरिरहेका छन् । रौतहट जिल्लाको २८ किलोमीटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपांग्रे सवारीसाधनलाई छुट दिइएको छ । सीमानाको वारी नेपालमा बस्ने हजारौँ नागरिक दैनिक उपभोग्य वस्तुको खरिद देखी औषधि उपचार गराउन तथा विहेवारीमा किनमेल गर्न सदियौं देखि भारतीय बजार माथि निर्भर रहेका छन् ।

सीमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भन्ने आफ्नै सदरमुकाम गौर २५ किलोमिटर टाढा पर्दछ । एका तर्फ भारतीय बजार नजीक हुनु र अर्को तर्फ नेपाली बजार भन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य विकल्प नभएको आन्दोलनमा बसेका नागेन्द्र ठाकुरको भनाई रहेको छ । त्यस्तै भारतीय सीमा सुरक्षा बल एसएसबीले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्त लाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने वाध्यता भएको समाजसेवी ठाकुरले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News