
नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो–अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ । विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा यस्ता सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।
विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो–अब्जेक्सन लिनुपर्ने व्यवस्था छ । सोहीअनुसार अनुमति प्राप्त गर्न प्राधिकरणले सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।
“सिमकार्ड र रिचार्ज कार्ड बिक्री/वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री बितरण गर्नु/गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ,” प्राधिकरणले बिहीबार (फागुन ८)जारी गरेको सूचनामा उल्लेख छ ।