अपडेट 
२०८१ फाल्गुन ९, शुक्रबार १४:०८

मधेसका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सिरहा नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणका आरोपीहरू छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।

मन्त्री लेखीले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको र छिट्टै पक्राउ पर्ने दाबी गरे । उनले घटना शंकास्पद देखिएकै कारण धरानमा पोस्टमार्टम गराएको र आज साँझसम्म रिपोर्ट आउने पनि जानकारी दिए ।

‘स्थानीय राजनीतिकर्मीले नै पञ्चायतमार्फत घटना दबाउन, लुकाउन र रकम बार्गेनिङ गर्दा यो घटनामा अन्यौलता बढेको थियो, ‘उनले भने, ‘जहाँ पनि घटना घट्दा पहिले जानकारी पाउने स्थानीय हो । स्थानीय राजनीतिकर्मी हो ‌। समयमै प्रहरीलाई खबर गरिदिँदा अन्यौलता आउँदैन । तर स्थानीय राजनीतिकर्मी नै घटना लुकाउन भूमिका खेल्नु दुःखद हो ।’

घटनाको सहज ढंगले अनुसन्धान अगाडी बढिरहेको भन्दै मन्त्री लेखीले घटनामा संलग्नहरू र रकमको बार्गेनिङ गर्नेहरू विरुद्ध पीडित परिवारले पूरक जाहेरी दिएको बताए । उनले पूरक जाहेरीले अब प्रहरीलाई अनुसन्धान तथा कारबाही गर्न सजिलो भएको सुनाए ।

मृतककी आमा सीतादेवीले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र मिलापत्र लेनदेन कसुरमा पञ्चसहित आठजनाविरुद्ध पूरक जाहेरी दिएकी छन् ।

Comment


Related News

Latest News

Trending News