
नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि आज ‘अक्सन’ भएको छ । ‘अक्सन’ भएसँगै प्रतियोगितामा सहभागी हुने टिमको संरचना लगभग तयार भएको छ । एनएसएल को तेस्रो संस्करणको अक्सनमा छ जना खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ ।
‘क्याटेगोरी ए’ मा रहेका खेलाडीहरु मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु, जिलेस्पीजङ्ग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री सबैभन्दा महँगो रुकम चार लाख रुपैयाँमा बिक्री भएका हुन् । यसमध्ये पासाङ लामा बाहेक सबै खेलाडीलाई एक भन्दा बढी टिमले राजेका थिए ।
काठमाण्डौले ‘लक्की ड्र’बाट दिनेश र जिलेस्पीजङ्गलाई पाउन सफल भयो भने चितवनले अभिषेक र सुमितलाई पायो । यस्तै मणि ललितपुर, आशिष झापाले ‘लक्की ड्र’बाट पायो । पासाङका लागि भने धनगढीले मात्र अधिकतम चार लाख रुपैयाँ दिन तयार भएको थियो ।
‘क्याटेगोरी ए’ मा रहेका खेलाडीको न्युनतम मूल्य दुई लाख र अधिकतम चार लाख रुपैयाँसम्म थियो । त्यसमा यी खेलाडीलाई अधिकतम बोली लागेको थियो । ‘क्याटेगोरी ए’ मा रहेका भरत खवास, विकेश कुथु, दिप कार्की र विशाल सुनार तथा क्याटेगोरी ‘बी’ मा रहेका नवयुग श्रेष्ठलाई कुनै टिमले किनेनन् ।
‘क्याटेगोरी ए’ बाट पहिलो चरणमा ११ खेलाडी बिक्दा आठ जना खेलाडीले अधिकतम मूल्य पाए । ‘क्याटेगोरी ए’ बाट बिक्री हुने अन्य खेलाडीमा विवेक पौडेल, सुरज ज्यु ठकुरी र प्रदिप लामा रहेका छन् । ‘क्याटेगोरी बी’ मा रहेका खेलाडीको न्युनतम मूल्य एक लाख ५० हजार र अधिकतम मूल्य दुई लाख रुपैयाँ थियो ।
चैतमा हुने प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी, काठमाण्डौ रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी रहेका छन् । नेपाली फुटबलमा ‘अक्सन’ को आयोजना भएको यो नै पहिलो पटक हो । ‘अक्सन’ मा ६० जना खेलाडी राखिएको छ । त्यसमध्ये ‘क्याटेगोरी ए’ का १५ र ‘क्याटेगोरी बी’ का ४५ का खेलाडी रहेका थिए । ‘क्याटेगोरी सी’ मा पर्ने खेलाडीको भने पछि ‘ड्राफ्ट’ बाट निर्णय गरिने छ ।
अहिलेसम्म लगभग सबै टिमले आफ्ना मार्की र कप्तान खेलाडीको नाम घोषणा गरिसकेका छन् । यस्तै मुख्य प्रशिक्षकको नाम पनि लगभग सबै टिमले घोषणा गरिसकेका छन् । हरेक टिमले केही खेलाडी फर्ता गरिसकेको छ । कुल २१ खेलाडी भने बिक्री भएनन् । अब विदेशी खेलाडी, विदेशमा रहेका नेपाली खेलाडी र ‘ट्यालेन्ट हन्ट’ बाट पनि खेलाडी छनोट हुन बाँकी रहेको छ । बिक्री नभएका खेलाडी ‘विस लिस्ट’ को माध्यमबाट टिमले रोजेका थिए ।
काठमाण्डाै रेजर्स
मार्की प्लेअर : रोहन कार्की
रिटेन : दिपेश गुरुङ, कुलदिप कार्की, अभिषेक बराल
अक्सन:
क्याटेगोरी ए : दिनेश हेन्जन, जिलेस्पी जंग कार्की
क्याटेगोरी बी : आशिष चापागाईँ, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन
पोखरा थण्डर्स
मार्की प्लेअर : समिर तामाङ
रिटेन : आयुष घलान, पदम भट्टराई, नरेन्द्र चौधरी
अक्सन:
क्याटेगोरी ए : सुरज ज्यु ठकुरी,
क्याटेगोरी बी : राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकी
धनगढी एफसी
मार्की प्लेअर : कृतिश रत्न छुन्जु
रिटेन : देवेन्द्र तामाङ, रनदिप पौडेल, रामचन्द्र वाजी
अक्सन:
क्याटेगोरी ए : पासाङ लामा, विवेक पौडेल
क्याटेगोरी बी : जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम, अशोक खवास, जियारथ शेख (विसलिस्ट)
एफसी चितवन
मार्की प्लेअर : अन्जन विष्ट
रिटेन : विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना मगर
अक्सन:
क्याटेगोरी ए : अभिषेक लिम्बु, सुमित श्रेष्ठ
क्याटेगोरी बी : मिलन राई, शिशिर लेखी, जय गुरुङ, निरज चौधरी (विसलिस्ट)
बुटवल लुम्बिनी एफसी
मार्की प्लेअर : मनिष डाँगी
रिटेन : एरिक विष्ट, सरोज तामाङ, निराजन धामी
अक्सन:
क्याटेगोरी ए : प्रदिप लामा, दिप कार्की (विसलिस्ट)
क्याटेगोरी बी : फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्र थापा, सन्दीप कार्की (विसलिस्ट)
ललितपुर सिटी एफसी
मार्की प्लेअर : अनन्त तामाङ
रिटेन : सनिश श्रेष्ठ, आदित्य शाक्य
अक्सन:
क्याटेगोरी ए : मणि कुमार लामा, सन्तोष खत्री
क्याटेगोरी बी : सुदिप गुरुङ , योगेश गुरुङ, नविन लामा, अभिषेक वाइवा, समित श्रेष्ठ
झापा एफसी
मार्की प्लेअर : घोषणा हुन बाँकी
रिटेन : छिरिङ लामा
अक्सन:
क्याटेगोरी ए : आशिष गुरुङ
क्याटेगोरी बी : अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राई (विसलिस्ट)