२०८१ फाल्गुन १०, शनिबार १९:५७

बेलायतमा अध्ययनका लागि आएका एक विद्यार्थी करिब तीन सातादेखि सम्पर्कविहीन छन् ।

सन् २०२२ को सेप्टेम्बर १७ मा युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा पढ्न बेलायत आएका धनुषा हंसपुर ६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ देखि सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।

आफ्नो छोराको खोजीका लागि माघ २३ मा नै नेपाल परराष्ट्र मन्त्रालयमा अधिकारीका बाबु हरिनारायण मण्डलले निवेदन दिएका थिए ।

लन्डनस्थित नेपाली दूतावासले अधिकारीको खोजीका लागि पहल गरिरहेको बताएको छ । लन्डन मेट्रो पोलिटन प्रहरी र स्थानीय समुदायसमक्ष अनुरोध गरिरहेको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले  जनाए ।

‘बिचमा एक पटक अधिकारीकै हुलियासँग मिल्ने नेपाली भेटियो भन्ने खबर आएर हामी आफैँ पनि लन्डन ग्लोस्टररोडतिर गयौँ तर ती व्यक्ति अर्कै रहेछन्’ उनले भने ।

दुवाडीका अनुसार अधिकारीको आनीबानीका कारण वेष्ट लन्डनमा घरबेटीले निकालेपछि उनी इलफोर्ड सेभेन किंग्स्का सुरज पण्डितसँग सम्पर्कमा आएका थिए । पण्डितले नेपालीको बिचल्ली भयो बस्न दिनु पर्‍यो भनेर अर्को घरबेटीमा कुरा गरे तर उनको हाउभाउ र अवस्था देखेर राख्न मानेनन् । अनि पण्डित लगायत नेपालीले फेब्रुअरी २ मा रेल चढ्न बाटो खर्च जुटाएर पठाएयता उनी सम्पर्कमा छैनन् ।

Comment


Related News

Latest News

Trending News