२०८१ फाल्गुन ११, आईतवार ०७:४८

प्रादेशिक संरचनालाई अनावश्यक र खर्चिलो भएको बताउँदै आएका नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संख्या घटाइने संकेत गरेका छन् ।

एमाले नेतृ राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहमा शनिवार बोल्दै प्रधानमन्त्री ओलीले प्रदेशका संरचनाहरू थपघट हुनसक्ने बताएका छन् । ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर र सुधार हुनसक्छ ’ उनले भने, अझ त्यसका संरचनागत पक्षहरूमा बढी सुधार र हेरफेर हुनसक्दछन् । ‘सात वटा प्रदेश ९ वटा पनि हुनसक्छ, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छ ’ प्रधानमन्त्री ओलीले भने, त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने अवश्यक छैन । त्यो ६ वटा पनि हुनसक्ने उनले बताए ।’ ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्छ ’ ओलीले भने, देश, विकास र जनताको आवश्यकता हेरेर त्यसअनुसार हेरफेर गरिनेछ ।

राजावादी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), राप्रपा(नेपाल), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लगायतले प्रदेश संरचनाको बिरोधगर्दै आएका छन् ।रास्वपाले प्रदेश चुनावमा सहभागि समेत भएको छैन् ।

Comment


Related News

Latest News

Trending News