
सरकारमाथि निरन्तर आक्रमणगर्दै आएका आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेशका किसानहरुमा आतंक मच्चाइरहेको घोडगदहा नियन्त्रण गर्न माग गरेका छन् ।
आतंक मचाईरहेको घोडगदहा नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको आरोप लगाउँदै उनले किसानहरुको मर्कालाई बेवास्ता गरिएको आरोप लगाए । रौतहटको राजपुर नगरपालिकामा आजपाद्वारा शनिबार आयोजित नगर भेलामा बोल्दै साहले घोडगदहा नियन्त्रण गर्न असफल भएको सरकारले विकास के गर्छ भन्ने प्रश्न गरे ।
‘जंगलका घोडगदहाले किसानको बालीनाली नष्ट गरेको छ, दुख दिइरहेको छ ’उनले भने, सरकार घोडगदहा नियन्त्रण गर्न असफल भएकोछ । ‘सरकारले घोडगदहा नियन्त्रण गरेर जंगलमै राखोस् ’अध्यक्ष साहले भने, होइन भने, त्यसलाई नियन्त्रण गर्ने अधिकार जनतालाई देओस् ।
किसानको बालीनाली नष्ट गरिरहेकोले पीडित किसानहरुलाई क्षतिपूर्ति र घोडगदहा नियन्त्रण गर्ने अधिकार किसानलाई दिनुपर्नेमा उनले जोड दिए । घोडगदहाले किसानको बाली खाइदिने, नष्ट गरिदिएपछि रौतहट, बारा, सर्लाही सहित मधेशका किसानहरु पीडित भएका छन् । नियन्त्रणका लागि आग्रह गर्दा सरकारले चासो नलिदा किसानहरु थप मर्कामा परेकाले नियन्त्रण गर्ने अधिकार दिन उनले माग गरे ।
‘प्रधानमन्त्रीजीले समृद्ध नेपाल बनाउछौं, नागरिक, कृषक, श्रमजीवीको माग पूरा गर्छौ भन्ने गफ मात्रै दिएर हँुदैन् ’ साहले भने, घोड़गदहा नियन्त्रण गर्न नसक्ने सरकारले देशलाई समृद्ध कसरी बनाउँछ ृंखला चलेको आरोप लगाउदै ‘होलीवाईन’को ‘पाईन’ नदेखाउन धम्की दिएकाछन् ।
सरकारले आफूमाथिको प्रतिशोध साध्न मधानी महोत्सव रोक्न खोजेको आरोप लगाए ।‘प्रभु साहमाथिको प्रतिशोध महँगो सावित हुनेछ, किनकि म सत्य र जनताको पक्षमा छु ’ उनले भने, म इमानको राजनीति गर्नेसँग बेइमानहरुको तुलना हुँदैन् । प्रधानमन्त्री ओली कुल्चिनमा माहिर रहेको बताउदै उनले संविधान, संसद र सडक सबैको साख स्वाहा पारेको आरोप लगाए ।
कांग्रेसको बुँई चढेर दुई तिहाईको दम्भ नदेखाउन बताउदै उनले भने, सरकारले नै ल्याएको अध्यादेश पारित हुन नसकेर सरकारको औचित्य समाप्त भइरहेकोछ । आमनिर्वाचनको उम्मेदवारी दर्ताको दिन सम्म एमालेमा रहेका साहले अन्तिम समयमा जिल्लाका अन्य उम्मेदवारको टिकट समेत खल्तीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।त्यस बखत एमालेले उनलाई रौतहट जिल्लामा एमाले उम्मेदवारहरुको टिकट जिम्मा लगाएको थियो ।