२०८१ फाल्गुन ११, आईतवार १२:४६

मोटरसाइकल दुर्घटना भएर त्रिशूलीमा खसेका युवक ९ दिनपछि मृत भेटिएका छन्।

फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट त्रिशूलीमा खसेका लमजुङको चन्द्रेश्वर घर भएका चितवनको भरतपुर महानगरपालिका-१ रामनगरका २७ वर्षीय रोहित राना आइतबार बिहान मृत फेला परेका हुन्।

शव मोटरसाइकल दुर्घटना भएर उनी खसेको स्थानभन्दा एक सय मिटर तल भेटिएको चितवनका एसपी राजन लिम्बूले जानकारी दिए।

शव भेटिएपछि पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको छ। रोहितका परिवारले शव सनाखत गरिसकेका छन्।

उनी भारतीय सेनामा कार्यरत रहेको पनि पुष्टि भएको एसपी लिम्बूले जानकारी दिए।

उनी सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। मोटरसाइकल सडकमै अडिएको थियो भने उनी त्रिशूलीमा खसेका थिए।

खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरसहित टोली परिचालन गरिएको थियो। दुर्घटनास्थलबाट प्रहरीले भारतीय सेनाको कार्ड र नागरिकता फेला पारेको थियो।

Comment


Related News

Latest News

Trending News