
सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडियोहरू ३० दिनपछि डिलिट गर्ने भएको छ ।
अमेरिकी टेक कम्पनी मेटाको सामाजिक सञ्जाल फेसबुकले फेब्रुअरी १९ देखि पुराना लाइभ भिडियो डिलिट गर्न लागेको हो । नयाँ नीति लागु भएसँगै प्रयोगकर्ताले आफ्नो लाइभ भिडियो जोगाउन उक्त भिडियो सेभ गरेर वा रिलमा परिणत गरेर राख्नुपर्नेछ ।
कम्पनीको यो नयाँ नीतिअनुसार पहिलेका लाइभ भिडियो प्रयोगकर्ताले ती भिडियो जोगाउने विकल्प भने पाउनेछन् । पुराना लाइभ भिडियो डिलिट गर्नुअघि कम्पनीले प्रयोगकर्तालाई नोटिफिकेसन वा सूचना उपलब्ध गराउनेछ ।
सो अनुसार प्रयोगकर्ताले ९० दिनसम्ममा पुराना लाइभ भिडियो डाउनलोड गर्ने, आफ्ना अन्य क्लाउड स्टोरेजमा राख्ने वा रिलमा रूपान्तरण गर्नेजस्ता विकल्प पाउनेछन् ।
मेटाले लाइभ भिडियोहरूमा धेरैजसो भ्युज पहिलो सातातिर मात्रै आउने गरेको बताएको छ ।
कम्पनीले यो निर्णय सबै प्रयोगकर्तालाई लाइभ भिडियोको राम्रो अनुभव प्रदान गर्न र उद्योगको मापदण्डअनुसारको स्टोरेज नीति भएको बताएको छ ।
फेसबुकको लाइभ प्रतिद्वन्द्वी ट्विटर (एक्स)ले ६० दिनसम्मका लागि लाइभ भिडियो भण्डारण गर्छ । ले भने लाइभ भिडियोलाई नियमित भिडियोका रूपमा सधैँका लागि स्टोरेज गर्न दिन्छ ।