२०८१ फाल्गुन १२, सोमबार १२:३७

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेला गएकी सिरहाको २ महिला सम्पर्कविहीन भएका छन् ।

सिरहाको सुखीपुर नगरपालिका–५की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका–३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन भएकी हुन् । जसमध्ये पलास मेला भरेर आफन्तसंग घर फर्किने क्रममा गत बिहीबार राति उत्तर प्रदेशको फेफना रेल्वे स्टेसनदेखि बलिया रेल्वे स्टेसनको बीचमा सम्पर्कविहीन भएको परिवारले जनाएको छ । परिवारले निरन्तर खोजी गरे पनि उनी भेटिएकी छैनन् ।

भारतको स्थानीय प्रहरीमा पनि खोजी कार्यकालागि निवेदन दिएको र आफूहरुले पनि खोजी गरिरहेको भए पनि आमालाई फेला पार्न नसकेको छोरा रामरिझन यादवले बताए ।

सुलेना महाकुम्भ मेलाबाटै सम्पर्कविहीन छिन् । उनी पनि बिहीबार नै भीडमा हराएको उनको परिवारले जनाएको छ । आफन्तले मेलामा खोजबिन गरिरहे पनि उनलाई फेला पार्न सकेका छैनन् ।

Comment


Related News

Latest News

Trending News