२०८१ फाल्गुन १२, सोमबार १५:१०

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृनिकायबाट आएको रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सिंहले विदेशी दातृनिकायबाट आएका सहयोग र खर्चको विवरण सदनमा जानकारी गराउन सरकारसँग माग गरे।

उनले गैरसरकारी संस्थाहरूको नियमन गर्न र खर्च विवरणका विषयमा श्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिए।

उनले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेका विषयमा अर्थमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने धारणा राखे।

Comment

Related News

Latest News

Trending News