२०८१ फाल्गुन १३, मंगलवार ११:२९

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि फागुन ८ गते सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News