
शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विषयका लागि खुलाइएको छात्रवृत्तिको लागि आवेदन दिनेहरूको संख्या नै पुगेन ।
त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदकको संख्या नपुगेको भन्दै विद्यार्थीहरूसँग सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् खाली सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन आग्रह गरेका छन् ।
शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएको थियो ।
अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको मन्त्रालयले जनाएको छ ।
खाली रहेका सिटमा छात्रवृत्तिको लागि एकदुई दिनभित्रै आवेदन दिन पनि प्रधानमन्त्री ओलीले भनेका छन् ।