
ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् ।
यसअघि, सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः स्पष्टीकरण सोधेका हुन् । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएका छन् ।
घिसिङलाई सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट हटाउने तयारी गरेको थियो । तर, चौतर्फी दबाबका कारण सरकार पछि हटेको थियो ।
के छ स्पष्टीकरण पत्रमा ?