२०८१ फाल्गुन १४, बुधबार ११:२६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेश समिति पुनःगठनसहित विस्तार गरिएको छ । लोसपा नेपाल मधेश प्रदेश समितिको अध्यक्ष जितेन्द्र सोनलले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा नयाँ नेतृत्वलाई चयन गरिएको छ ।

विस्तारित कार्यसमितिमा उपाध्यक्षका रूपमा सिरहाका रामबाबु यादव, महोत्तरीका अरुण पाठक, धनुषाका रामज्ञान मण्डल र रौतहटका बिन्देश्वर यादव चयन भएका छन् । त्यसैगरी, मुख्य सचिवको पदमा धनुषाका राम विनोद चौधरी र सचिवमा रौतहटका ओमलोक पटेल, महोत्तरीका सरयुग यादव, महोत्तरीका जलाइद्दिन राइन र सिरहाका राजकुमार महरा चयन भएका छन् । कोषाध्यक्षको रूपमा सर्लाहीकी प्रेमशिला यादव चयन भएकी छन् भने कार्यकारिणी समितिमा ५१ जना सदस्यहरू पनि चयन भएका छन् ।

कार्यकारिणी समितिमा रौतहटका रामप्रवेश दास, धनुषाका महाशंकर ठाकुर, सर्लाहीकी अंजु बैठा, पर्साका राम गिरी, सप्तरीका मुकेश कर्ण, महोत्तरीका विनोद गामी, धनुषाका गंगा प्रसाद रजक, सर्लाहीका मिथिलेश यादव, ललित झा, शुभनारायण साह, रौतहटकी विना कुशवाहा, सर्लाहीका प्रभु चौधरी, सर्लाहीका विरवंश बैठा, बारा जिल्लाका विनय सिंह, बारा जिल्लाका राजु गिरी, बारा जिल्लाका कृष्ण साह, रौतहटका रुपेश पटेल, सर्लाहीका युगनारायण चौधरी, सर्लाहीका सचिन्द्र झा, पर्साका देवानन्द यादव, सिरहाका राजविन्द्र यादव, सप्तरीका फनिकान्त झा, महोत्तरीकी बबिता चौधरी र महोत्तरीकी सरिता कुमारी शर्मा चयन गरिएको छ ।

Comment

Related News

Latest News

Trending News