२०८१ फाल्गुन १४, बुधबार १७:३८

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, स्थित वन कार्यालयनजिक बुधबार टिप्परले हाइसलाई ठक्कर दिँदा दुुई जना घाइते भएका छन् ।

नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख. ३५९१ नम्बरको हाइसलाई ना. ७ ख. ३२१७ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ । टिप्परले ठक्कर दिएपछि हाइसले प्रदेश २ ०२ ००२ प. ७८०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हाइस ठोक्किँदा मोटरसाइकलमा सामान्य क्षति पुुगे पनि चालक सकुशल रहेको प्रहरीले जनाएको छ । टिप्परले पछाडिबाट ठक्कर दिँदा हाइसमा सवार बागमती नगरपालिका–९, नयाँबस्तीका १९ वर्षीय प्रेमबहादुर रुम्बाको टाउको र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते रुम्बालाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि बुधबार दिउँसो काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते बरहथवा नगरपालिका निवासी दीपक गाहाका छोरी अन्दाजी ३ वर्षीया दृष्णा गाहाको टाउकोमा चोट लागेर सामान्य घाइते हुनुभएको थियो ।

उहाँको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । टिप्परले ठक्कर दिँदा हाइसको पछाडिपट्टीको भागमा क्षति पुुगेको छ ।

Comment


Related News