२०८१ फाल्गुन १४, बुधबार १९:१९

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत दशरथ रङ्गशालामा बुधबार जारी उपाधि भिडन्तको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

१० औं मिनेटमा नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले यन वादीको बल विफल पारिन्।

खेलको २४ मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै नेपालको संकट टारिन्। त्यसअघि म्यानमारकी सान्थ्वाले डिबक्स भित्रबाट सशक्त प्रहार गरेकी थिइन्।

खेलको ३५ मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो। रेखा पौडेलको पासमा सावित्रा भण्डारीले हानेको प्रहार म्यानमारको गोलकिपरले फर्काइन्। रिबाउन्डमा रेखा पौडेल पनि सफल हुन सकिनन्। फेरि सो बल डिबक्समा क्लियर हुन नसके पनि नेपाल फिनिसिङमा चुक्यो।

४४ मिनेटमा बिमला बिकको फ्रिकिक म्यानमारकी खेलाडीले पोल नजिकबाट क्लियर गरिन्।

लिग चरणमा नेपालले फिफा वरीयतामा ४८ स्थान माथिको म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। सो खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।

नेपालले यसअघि १२ अन्तर्राष्ट्रिय फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन।

Comment


Related News

Latest News

Trending News