२०८१ फाल्गुन १४, बुधबार २१:१७

महोत्तरीको सदरमुकाम जलेश्वरमा २६२ औं सेना दिवस भव्य रुपमा मनाइएको छ ।

श्री मध्य पूर्वी पृतना हेड क्वाटरको आयोजनामा बुधबार जलेश्वरको रंङभूमी मैदानमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइएको छ ।

दिवसको अवसरमा नेपाली सेनाको फोटो प्रदर्शनी, निःशूल्क स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रमका साथै, सेनाका विभिन्न गणहरुले कला कौशल प्रदर्शन गरेका थिए ।

फोटो प्रदर्शनीमा सेनाले विपद र जोखिमको समयमा खेलेको भूमिकालाई दर्शाउने किसिमका तस्वीरहरु राखिएको थियो । प्रदर्शनीमा राखिएको उक्त तस्वीरहरुको अवलोकन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाली सेनाको भूमिका सराहनीय रहेको भन्दै धन्यवाद व्यक्त गरेकी थिइन ।

कार्यक्रममा सेनाका विभिन्न गणहरुले, तेक्वान्डो, मार्च पास, कमाण्डो भेहिकल मार्च, खुकुरी ड्रिल मास पिटि, साइलेन्ट ड्रिल पर्दशर्न गरिएको निमित पुतनापति सहायक रथी भुवन खत्रीले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा थारु, मधेशी, किराती, नेवारीलगायत विभिन्न भाषाका लोक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले शिव धुनी प्रज्वलन गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारी, मधेश प्रदेशका मुख्य सचीव मदन भुजेल, महात्तरी तथा सर्लाहीका विभिन्न पालिकाका नगर प्रमुखहरु , विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, प्रदेश र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , धनुषाका प्रमुख जिल्ला अधिकारी राजु राम कडरीया, धनुषा प्रहरी प्रमुख भुवनेश्वर तीवारी, नेपाली सेनाका ९, २७ र २८ बाहिनीपति मधेश प्रदेशका आठवटै जिल्लालगायत सिन्धुली, रामेछाप र दोलखाका विभिन्न युनिटका युनिट पतिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News