२०८१ फाल्गुन १५, बिहीबार ०६:०५

‘नेपाल–भारत सम्बन्ध र क्षेत्रीय कूटनीतिः बल र अवसर’ विषयक कार्यक्रममा भारतीय उद्योगी, व्यवसायीहरुका लागि नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको बताइएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्र ाष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त पुरानो रहेको र दुवै देश मिलेर विभिन्न क्षेत्रमा सहकार्य गर्ने अवसर रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्षसमेत रहेका यादवले नेपाल र भारत दुवैले व्यापार, सीमापार व्यापार विस्तार, बजार पहुँच, पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान र जनताबीचको सम्बन्धलाई सहज बनाउन द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन सहयोग पु¥याउने कार्यक्रमहरु अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

बौद्ध धर्म बौद्ध कूटनीतिको केन्द्रविन्दु बन्न सक्ने र यसले नेपाल र भारतबीच साझा बौद्ध सम्पदालाई बौद्ध सर्किटमार्फत जोड्न सकिने उनले बताए । ‘बोधगया र लुम्बिनीसँग जोड्ने द्विपक्षीय सहयोगको ब्यापक सम्भावना रहेको छ ’ उनले भने, यसका लागि बौद्ध सर्किटलाई अगाडि बढाउनु पर्छ । भारत सरकारले रामायण सर्किटको कार्यलाई धेरै अगाडि बढाइसकेको र बौद्ध सर्किटको क्षेत्रमा समेत कार्य गरिरहेको छ । रामायण सर्किटमा जनकपुरधाम र धनुषाधाम जोडिएको छ ।

बौद्ध सर्किटमा भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनी जोडिएको छ । बौद्ध सर्किटलाई सडक, रेलमार्ग र हवाई सञ्जाल बढाएर संयुक्त रूपमा विश्वव्यापी तीर्थस्थलको रूपमा प्रवद्र्धन गर्न सकिने भन्दै उनले यसले पर्यटनको माध्यमबाट राजस्वमा वृद्धि तथा दुबै देशका सांस्कृतिक सम्बन्ध र जनताबीचको सम्बन्धलाई पनि गहिरो बनाउने विश्वास व्यक्त गरे ।

‘बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको संयुक्त प्रवद्र्धन गर्ने अवसर पनि रहेको छ ’ यादवले भने, महाभारत सर्किटको अवधारणा अगाडि बढाउनु थप प्रभावकारी हुनेछ । बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको महत्व रहेको उनले औल्याए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाभारत सर्किटको अवधारणा अघि बढाउन प्रस्ताव राखेका छन् । ‘बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको संयुक्त प्रवद्र्धन गर्ने अवसर छ ’ उनले भने, यसको चर्चा तुलनात्मक रूपमा कम छ । महाभारत सर्किटको अवधारणाबारे चर्चा गर्दै सभापति यादवले भने, ‘पाण्डवसँग सम्बन्धित काठमाण्डु उपत्यका वरपरका महाभारतमा उल्लेख गरिएका तीर्थस्थलहरू , नेपालको विराटनगरमा रहेको राजा विराटको दरबारलाई कुरुक्षेत्र, इन्द्रप्रस्थ र हस्तिनापुर जस्ता भारतीय सहरहरूसँग जोड्न सकिन्छ ।

यसले दुबै देशको अर्को साझा इतिहासको रूपमा काम गर्न सक्ने उनले बताए । ‘महाभारत सर्किटको अवधारणा अघि बढाउन दुई देश बीच औपचारिक र अनौपचारिक संयन्त्र, सरकारस्तर र जनस्तरमा सहकार्य आवश्यक छ’ उनले भने, महाभारत सर्किटको अवधारणा अघि बढाउँदा यसले दुबै देशलाई आध्यात्मिक र सांस्कृतिक कूटनीतिका माध्यमबाट थप नजिक ल्याउने छ । यसका लागि नेपाल र भारत दुवैलाई पहल लिन उनले आग्रह गरे ।

यादवले भारतीय नागरिकहरूलाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका छन् । ‘जलविद्युत्, उत्पादनमूलक क्षेत्र, पर्यटनलगायतका क्षेत्रहरूमा नेपालमा लगानी गर्न सकिने पर्याप्त सम्भावना छ ’ सभापति यादवले भने, दुई देशबीचको प्राचीन सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यवसायको क्षेत्रमा पनि सहकार्य हुन आवश्यक छ । नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय ऊर्जा सम्झौता भएको उल्लेख गर्दै यादवले भने, क्षेत्रीय सहयोगका लागि यसले बाटो प्रशस्त गरेको छ ।

उर्जा सम्झौताले साझा लाभका लागि दक्षिण एसियामा क्षेत्रीय सहयोगको नमूनाको रूपमा काम गर्न सक्ने विश्वास उनले व्यक्त गरे । नेपाली कांग्रेसका नेताहरु डा. प्रकाशशरण महत, अर्जुन नरसिंह केसी, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले पनि सो कार्यक्रममा सहभागी रहेका छन् ।

भारतीय विदेश मन्त्रालयको भारतीय विश्व मामिला परिषद्, बीपी कोइराला फाउन्डेसन, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, बनारस हिन्दु विश्वविद्यालय, साउथ एसिया सेन्टर फर पिस रिसर्च एन्ड सस्टनेबल डेभलपमेन्ट र साउथ एसिया फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको सो कार्यक्रम बिहीबार सम्म चल्नेछ । कार्यक्रममा नेपालबाट केही बौद्धिक र प्राज्ञिक व्यक्तित्वहरू सहभागी छन् ।

भारतबाट बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरू सहभागी भए पनि नेपालबाट जस्तो राजनीतिक दलका नेताहरू सहभागी छैनन् । नेपालको तर्फबाट भारतका लागि नेपाली राजदूत डा.शङ्कर प्रसाद शर्मा, लुम्बिनी विश्वविद्यालयका उपकुलपति, डीन डा.मनिकरत्न शाक्य, रजिस्टार डा. तिलक राम आचार्य, प्रकाश सिंह कार्की, राजेन्द्र घिमिरे, शौरभ ज्योति सहभागी छन् ।

भारतको तर्फबाट भारतीय विदेश मन्त्रालयको भारतीय विश्व मामिला परिषद्का नूतन कपुर महावर, टिसिए राघवन, डा.एस.वाइ क्वीरेसी, अशोक कुमार कण्ठ, अभिजित हल्दरलगायतको उपस्थिति रहने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News