२०८१ फाल्गुन १५, बिहीबार ०६:१६

रौतहटको मौलापुर स्थित मधानी महोत्सवको अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा नेपाली र भारतीय कलाकारहरुको प्रस्तुतिले लाखौँ दर्शकलाई मन्त्रमुग्ध बनाउन सफल भएको छ ।

जिल्लाको मौलापुर पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको चौथो दिन बुधवार मधानी विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । भारतका भोजपुरी फिल्मका नायक गायक तथा नेपालको चर्चित कलाकारहरुको प्रस्तुति हेर्न लाखौं दर्शकको घुइँचो लागेको थियो ।

नेपालको कैयौं जिल्लाका साथै भारतीय सीमाक्षेत्रका हजारौँ दर्शनार्थीहरु पुरातात्विक महादेव मन्दिरमा दर्शन गरी विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए । सांस्कृतिक कार्यक्रममा भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको विशेष प्रस्तुती रहेको थियो ।

उनीसंगै भारत प्रयागराज महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा, भोजपुरीया कलाकार मिन्टुवा, नेपाली भोजपुरी गायक सुनील पंडित गायिका अनु चौधरी, गायक गौरभनारायण राई, सदाम हुसेन, कलाकार रचना सिवाकोटी गायक रुद्र नारायण तिवारी, कलाकार प्रीति आर्या पासवान, कलाकार, प्रिया सुहानी, कलाकार रोसनी राज, कलाकार, कलाकार सरिता साह, अर्जुन बीसी, मनीषा राई सहितका राष्ट्रिय एवं अन्तर्र ाष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहेको थियो ।

कार्यक्रममा सहभागी सम्पूर्ण कलाकारहरु लाई आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साह र मेयर रिना कुमारि साहले सम्मान गरेका थिए । गत आइतबारदेखि सुरुभएको मधानी महोत्सवको अन्तिम दिन भोलि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलवानहरुको सहभागितामा बिशेष दंगल कुस्ती हुने आयोजकले जनाएको छ ।

पहिलो दिन ११ फागुनमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो भने १३ गते शिवमन्दिरमा विशेष पुजा र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो । यसरी लाखौंको सहभागितामा हुनेगरेको कार्यक्रमले भारत नेपाल दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने मेयर रिना कुमारी साहले विश्वास ब्यक्त गरेकी छिन् ।

प्रत्येक वर्ष महा शिवरात्रीको अवसरमा भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन् । मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्प सहित २०७६ साल देखि मधानी महायज्ञ आयोजना हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News