२०८१ फाल्गुन १५, बिहीबार ११:२४

राष्ट्रिय मुक्ति पार्टीले रामनरेश रायको नेतृत्वमा सात सदस्यीय वार्ता कार्यदल बनाएको छ। राष्ट्रिय मुक्ति क्रान्तिका लागि विचार मिल्ने शक्तिहरूबीच बृहत् मोर्चा बनाउन वार्ता समिति बनाइएको पार्टीले बताएको छ।

वार्ता समितिमा सुमन साय्मी, केशवकुमार झा, सन्तोषकुमार मेहता, अनीलकुमाार महासेठ, जिएन थारू र जुनतारा पुन मगर रहेको विज्ञप्तिमार्फत् बताइएको छ।

‘अब हिमाल, पहाड, तराई–मधेसका सम्पूर्ण उत्पीडित समुदायहरू एकताबद्ध भई बहुल राष्ट्रिय राज्य नेपाल निर्माणकालागि, स्वदेशीय सभ्यता र संस्कृति पुनःस्थापनकालागी तथा आर्थिक क्रान्तिकालागी राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

परिणाममुखि संघर्षको निमित्त मौजुदा संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य, कार्यगत एकता तथा एकीकरण गरी बृहत शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले ठहर गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

‘त्यसकारण हामी पहिचान, समृद्धि, सुशासन र स्वाभिमानयुक्त नेपाल निर्माणका लागि सबै उत्पीडित समुदायहरूलाई गोलबन्द भइ साझा संघर्षमा आउन हार्दिक अपिल गर्दछौं। यसको निम्ति आदिवासी जनजाति समेतको पहिचानको लागि संघर्षरत शक्ति, मधेस केन्द्रित राजनीतिक शक्तिहरु, सभ्यता संस्कृति पुनःस्थापन एवं सुशासन समृद्धि लगायत देशमा अग्रगामी परिवर्तनको लागि संघर्षरत शक्तिहरू तथा राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरू बीच एक बृहत् संयुक्त मोर्चा निर्माणका खातिर वार्ता एवं संवाद गर्नको लागि पार्टीको तर्फबाट यो कार्यदल गठन गरिएको छ,’ राष्ट्रिय मुक्ति पार्टीले भनेको छ।

Comment


Related News

Latest News

Trending News