२०८१ फाल्गुन १५, बिहीबार १६:५३

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मुक्कुम्लुङ संघर्षमा राज्यद्वारा दमन गरिएकोमा अन्याय विरुद्ध सशक्त प्रतिरोधको आह्वान गरेका छन् ।

अध्यक्ष महतोले विहिबार काठमाण्डौमा गरेको पत्रकार सम्मेलन माफर्त यस्तो आह्वान गरेका हुन् । पत्रकार सम्मेलनमा महतोले मुक्कुम्लुङ संरक्षणको आन्दोलनको सन्दर्भमा “मुक्कुमलुंग बचाउ पदयात्रा“ पश्चात फाल्गुन ८, ९, र १० गते राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरु माथिको जातीय संहार (मानवता विरुद्धको अपराध) सावित भएको बताएका छन् ।

उनले प्रहरीको ज्यादती, पत्रकार कुटपिट, आन्दोलनकारीमाथि दुव्र्यवहार, झुठा मुद्दा, घरघरमा धरपकड, र गिरफ्तार—यी सबैले राज्यको एकल नश्लीय नीति उजागर गरेको स्पष्ट गरेका छन् ।

उनले भने,‘ ८ गते, हामि रहेको काफ्ले पाटीको होटलमा जिल्ला प्रहरी प्रमुखले नै खाना–पानी किन दिएको भनेर होटेल व्यवसायीलाई थर्काउनुको पछाडी नियत के ? राति १२ बजे निस्कनु भनेर प्रशासनले भन्नु तर बाहिर निस्कदा प्रहरीहरुकै संरक्षणमा केहि गुण्डाहरु खुकुरी नचाउदै जाइलाग्ने कार्य भयो र हाम्रा एकजना साथि माथि आक्रमण पनि गर्यो ।’ हामीलाई जाउँ भनेर भन्ने तर बाहिर गुण्डाहरु बोलाएर राख्ने वा संरक्षण गर्ने नियत के ? गुण्डाहरुद्वारा आक्रमणमा प्रहरीको मौनता रहस्यमय थियो , उनले प्रश्न गर्दै भने,१० गते काफ्ले पाटी देखि फुङलिङसम्म उनीहरुको पक्षबाट यातायात बन्द सहित हतास मनोदसा प्रदर्शन गरी रहेको समयमा साँझ मशाल जुलुस समापन हुँदै गर्दा सादा पोशाकमा घुसपैठ गराएका प्रहरीद्वारा भिडन्त गराउने काम भए । हामि बसेको होटेल स्नो लियो पार्टको प्रहरीद्वारा नै सिसि क्यामरा फुटाउने कार्य के उद्देश्यले भएको हो ? हामि चढने गाडी प्रहरीद्वारा नै किन तोडफोड गरियो ? मेरो सुरक्षा गार्ड नभएको भए सायद राज्यको कुत्सित नियत पुरा हुन्थियो पनि होला िकिनभने फर्केर आइसके पछी के कति कारणले पीएसओलाइ फिर्ता बोलाइयो ? यी सबै घटना राज्यद्वारा प्रायोजित नियोजित देखिएकोले यसको छानवीन गर्न उनले माग गरेका छन् ।

अध्यक्ष महतोले भने,हिटलरले ग्यास चेम्बरमा यहुधिलाइ कोचेको झैँ, १० गते रातभर फुन्गलिंग बाजारमा घरघरमा अश्नु ग्यास हानिएको छ, निस्शासिएको बच्चा महिला एवं बृद्धहरु उपर झन् लात्ती बुट प्राहार गरी निर्मम घाइते बनाइएको छ । अस्पतालमा रहेका बिरामीहरु उपर लट्टी र बन्दुकको कुन्दा प्रहार गरी झन् बढी घाइते बनाइएको छ । हाम्रा पार्टीका केन्द्रिय सदस्य अनुप सुब्बा लगायत दर्जनौंलाइ गिरफ्तार गरिएको छ ।’ यसरी भूमी रक्षक याक्थुम्बा लिम्बु राष्ट्रका जनताहरु शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराधि करार गरेर झुठ्ठा मुद्दा चलाउने र तर्साउने काम निरन्तर भइरहेको बताउदै उनले राष्ट्रिय मुक्ति पार्टी यो अन्यायपूर्ण दमनको घोर भत्र्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाइ, प्रहरी प्रमुखमाथि कारबाही, र सरकारको निरंकुश रवैयाविरुद्ध संघर्षमा सबैलाई आउन महतोले आह्वान समेत गरेका छन् ।

उनले पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ गते देखि वैशाख १५ गतेसम्म संगठन विस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको जानकारि दिदै यस अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्याइने बताए ।

देशमा विद्यमान चलिरहेको विभिन्न खाले संघर्षहरुको विरुद्धमा संघर्ष गर्नु आवश्यक देखिएको छ। साथै राज्यको एकल नश्लिय चरीत्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टी÷संगठन हरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News