२०८१ फाल्गुन १६, शुक्रबार ०५:३७

शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।

राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

भूकम्पको धक्का जनकपुरधाम लगायत तराईका विभिन्न क्षेत्रमा पनि महसुस गरिएको थियो।

Comment

Related News

Latest News

Trending News