२०८१ फाल्गुन १६, शुक्रबार ०७:३८

संघीय शिक्षा ऐनको माग गर्दै जनकपुरधाममा शिक्षकहरूले बिहीबार प्रदर्शन गरेका छन् ।

प्रदर्शनपछि शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीलाई प्रदर्शनकारी शिक्षकहरुको एक समूहले ध्यानाकषर्ण पत्र बुझाएका छन् । नेपाल शिक्षक संघ मधेश प्रदेशका संयोजकसमेत रहेका प्रदेश आन्दोलन परिचालन समितिका अध्यक्ष परशुराम यादवको अगुवाइमा शिक्षकहरुको अधिकारका लागि गठित नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सहितका सात वटा संघ, संगठनमा आवद्ध शिक्षकहरूले शिक्षकको अधिकारसँग सम्बन्धित सुझावहरु संघीय शिक्षा ऐनमा समावेश गरी शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै शिक्षा तथा संस्कृति मन्त्री तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शिक्षकहरूले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै शिक्षामन्त्री तिवारीले प्रदेश सरकारले संविधानमा उल्लेखित कतिपय अधिकारको लागि आफै संघर्षरत रहेको भन्दै शिक्षकहरूले उठाएका मागको विषयलाई संघ सरकार समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गरिन् । शिक्षकहरूले संविधानको अनुसूची ८ को अधिकार अनुसुची ९ मा ल्याउनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, शिक्षकहरूको १० वर्षमा अनिवार्य बढुवा हुनुपर्ने सहितका सुझावहरू ध्यानाकर्षणपत्रमा उल्लेख गरी बुझाएको एकिकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशका महासचिव गुलाब यादवले बताए । शिक्षकहरूले प्रदेश सरकारले निषेधित गरेको क्षेत्रमा प्रदर्शन गर्न खोज्दा केही बेर प्रहरीसँग भनाभन पनि भएको थियो ।

 

Comment


Related News

Latest News

Trending News