२०८१ फाल्गुन १७, शनिबार १९:५२

जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल फिर्ता नलिए अन्य पाँच वटा अध्यादेशको पनि विपक्षमा उभिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले भूमिसम्बन्धी अध्यादेश जग्गा दलाल र विचौलियालाई पोस्न, नेपालको जंगल मास्न र तराई÷मधेशलाई मरूभूमिकरण गर्नको लागि ल्याएको भन्दै उक्त अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशलाई पनि समर्थन नगर्ने स्पष्ट पार्नुभयो ।

प्रवक्ता सुमनले आफ्नो दलले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्ण गरिसकेको र उक्त निर्णय देशहको हितमा रहेको दाबी गर्नुभयो । अध्यादेश ल्याउने कुरा संवैधानिक भएपनि अहिले सरकारले अध्यादेश ल्याउँदा नियत सफा नदेखिएको उहाले बताउनुभयो । त्यस्तै उहाले अध्यादेश पारित गराउनको लागि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको सुनिएको भन्दै त्यसको पनि विरोध जनाउनुभयो ।

उहाले अध्यादेश आउँदै गर्दा आफूहरुलाई सरकारमा जान लागेको भनेर मिडियाले लेखेकोमा भने असहमति जनाउनुभयो । उहाले अहिलेसम्म सरकारलाइ दिएको समर्थन कायम रहेको उल्लेख गर्नुभयो । तर, यो समर्थन पनि अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News