२०८१ फाल्गुन १८, आईतवार ०७:२८

कुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘ नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेश प्रदेशले विरोध सभा आयोजना गरेको छ ।

जनकपुरधामको जनकचोकमा आयोजित कार्यक्रममा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाए । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य राजीव झाले मुकुम्लुङका वासिन्दाले केवलकार निर्माणको विरोध गरिरहे पनि सरकारले जबर जस्ती परियोजना अघि बढाउने प्रयास गरेको आरोप लगाए ।

उनले योजना अघि बढाउनुभन्दा पहिले स्थानीय समुदायसँग परामर्श हुनुपर्ने बताउँदै यस्तो जबर्जस्तीले जनताको अधिकार हनन हुने चेतावनी दिए । सो विरोधसभामा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्यहरु संजय चौधरी, दीपक झा, विद्यार्थी नेता तनबिर रेजालगायतका वक्ताहरूले सरकारले स्थानीय सरोकारको वेवास्ता गरेको भन्दै विरोध गरेका थिए ।

वक्ताहरूले स्थानीय जनताको मागलाई सरकारले बेवास्ता गरिएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Comment


Related News

Latest News

Trending News