२०८१ फाल्गुन १९, सोमबार १२:१९

सप्तरीको सप्तकोशी नगरपलिका-१ फत्तेपुरस्थित एउटा घरमा आज बिहान बाघ छिरेको छ ‌। बाघ आएपछि गाउँलेहरू त्रसित हुँदै भागाभाग भएका थिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बाघको आक्रमणबाट तीनजना घाइते भएको बताए । उनले बाघ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको नेतृत्वमा टोली खटेको बताए ।

उनले भने, ‘वनको टोली पनि त्यहाँ पुगिसकेको छ । प्रहरी र वनको टोली समन्वय गरी बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।’

Comment


Related News

Latest News

Trending News