२०८१ फाल्गुन १९, सोमबार १४:५०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरू हटाउनुपर्ने बताएका छन् । मतभेद हटाएर कांग्रेसलाई जीवन्त ‘भाइब्रेण्ट डेमोक्रेटिक’ पार्टीको रूपमा लैजानुपर्नेमा उनको जोड छ ।

भैरहवामा भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेसलाई जीवन्त बनाउन सके अझ आकर्षण बढ्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हाम्राबीचमा अनेक किसिमका मतभेदहरू हुन सक्छन्, कतिपय कुराहरु नमिलेका हुन सक्छन् । ती सबै कुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ ।’

उनले लोकतन्त्र/प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धैरै भूमिका हुने बताए ।

‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक र विपक्षी दलसहितको व्यवस्था बनेको छ,’ देउवाले भने ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमको आयोजना तथा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् ।

Comment


Related News

Latest News

Trending News