
१५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको जलेश्वरमा छन् भने मंगलबार मडै पुग्नेछन् ।
आइतबार मटिहानीमा विश्राम पश्चात सोमबार बिहानैदेखि परिक्रमा यात्री जलेश्वरमा विश्राम गरेका थिए । परिक्रमालाई मध्येनजर गर्दै जलेश्वर नगरपालिकाले पालिकाभरि सार्वजनिक विदा दिएको छ । भने मंगलबार मडै पुग्नेछन् ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली छैटौँ दिन जलेश्वर पुगेको थियो । जलेश्वरमा रात्रि विश्रामपछि छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।
त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा समापन हुन्छ । नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद् भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।
मिथिला माध्यमिकी परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ । यता धनुषाको हनुमानगढीबाट सहभागी भएका मधुकर कुञ्ज खालसाका कथावचक स्वामी रामभुषण शरण वैष्णवले मिथिला महात्मबारेमा प्रवचनसमेत दिए । कथावाचक स्वामी रामभुषणले सीतारामको चर्चा परिचर्चासंगै मिथिला माध्यमिकी परिक्रमा यात्रीलाई कथा सुनाएर मन्त्रमुग्ध गर्दै आएका छन् । उनले करिब १५ सालदेखि मिथिला महात्मबारे कथा प्रस्तुत गर्दै मिथिला माध्यमिकी परिक्रमा यात्रीलाई सुनाउँदै आएका छन् । उनले श्रीकिशिरीजी र मिथिलाको वर्णन गर्ने गर्छन् ।