२०८१ फाल्गुन २०, मंगलवार ०६:५१

बाराको सिमरा स्थित विशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरीले एक होटलमा छापामारी १७० ग्राम लागुऔषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमरा, र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट गएको संयूक्तटोलीले टोलीले सोमबार सिमरा स्थित राज होटेलको कोठा नम्बर १०६ मा छापामारी ब्राउन सुगर सहित तीनैजना भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत १४ को ३५ वर्षीय गौतम कुश्वाहा, विहार पूर्व चम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत ७ का ३० वर्षीय रञ्जन कुमार सिंह र सोही ठाउँका ४० वर्षीय संजिव कुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्तासमेत रहेका डिएसपी विजयराज पण्डितले बताए ।

चेकजाँचको क्रममा उनीहरूको साथबाट १७० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रवक्ता पण्डितले जानकारी दिए । ब्राउनसुगरसहित तीनैजना भारतीय नागरिक लाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यस्तै बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागूऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट असइ अमृत मैनालीको कमाण्डमा गएको टोलीले पथलैया चोकमा वीरगंज तर्फ गईगरेको प्र ०३–०३–००१ प ५२७३ नम्बरको एफजेड मोटरसाईकल चेकजाँच गर्दा चालकले बोकेको झोलामा लुकाई झिपाई राखेको अढाई किलो लागूऔषध अफिम बरामद गरेको छ ।

लागूऔषध अफिम सहित मोटरसाईकल र चालक धादिङ जिल्ला गजुरी नगरपालिका ४ का २६ वर्षीय राजन चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।

Comment


Related News

Latest News

Trending News