
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरको खोरिया टोलमा पसेको बाघ १० घण्टापछि थुनिएको छ ।
बिहान ६ बजेतिरै बस्तीमा पसेको बाघ दिउँसो ४ बजेतिर स्थानीय भरत विष्टको घरमा पसेपछि बाहिरबाट ढोका लगाएर थुनिएको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट फत्तेपुरका रिझन गोसाईं, गणेश खत्री र कृष्ण विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गोसाईं र खत्री स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर घर फर्किएका छन् भने विष्टलाई थप उपचारका लागि धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।
बाघ दिनभर बस्तीका घर र गोठहरूमा घुमेको थियो ।