२०८१ फाल्गुन २०, मंगलवार १५:३९

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल चिकित्सक सङ्घले आज काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेलले देशका दूरदराजमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले संविधानले हरेक नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको र सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन आह्वान गर्नुभयो । स्वास्थ्य सेवामा सुधार हुँदै गइरहेको तर गुनासो पनि आइरहनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले ‘लिजेन्ड इन मेडिसिन’ बाट डा. गौरीशङ्करलाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गङ्गोल, डा. डिबी कार्की र डा. सरस्वती पाध्येयलाई सम्मान गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News