
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अध्यादेश ल्याउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जनकपुरधाममा मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै समान्य प्रक्रियाबाट ल्याउन सकिने ऐनलाई जवरजस्ती अध्यादेशबाट ल्याउनु औचित्यहिन रहेको बताएका छन् ।
उनले भने,‘अध्यादेश ल्याउनकालागि विशेष परिस्थिती हुनुपर्ने हुन्छ तर अहिलेको अवस्थामा त्यस्तो नदेखिएकोले हाम्रो पार्टीले पनि यसको समर्थन गरेको छैन ।’
उनले पार्टीले तत्काल कुनै पनि पार्टीसंग एकता गर्ने पक्षमा नरहेको बताए । यद्यपि कार्यगत एकता जोसँग पनि सम्भव छ,’ खनालले भने, ‘मुद्दामा आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’ एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताए । सबै वामपन्थीहरू मात्र होइन, अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् भन्ने प्रश्न खनालले गरे ।
पार्टी भित्र फुट हुन सक्ने प्रश्नमा उनले पार्टी टुटफुट हुदै रहन्छ यसलाई कसैले रोक्न सक्दैन,सबै पार्टीहरु फुटेको अवस्था रहेकोले विभाजीत भइहाल्दै भन्दैमा यो ठुलो कुरा नरहेको बताए ।
एक अर्को प्रसंगमा खनालले वर्तमान सरकार संकटको पोका बोकेर हिँडेको आरोप लगाए । जसको पछिल्लो उदाहरण केही साता अगाडी जारी गरिएको अध्यादेश रहेको बताए ।