२०८१ फाल्गुन २०, मंगलवार १७:५७

राष्ट्रिय मुक्ति पार्टी नेपालमा आज पूर्व संविधान सभा सदस्य एवं आम जनता पार्टीका केन्द्रीय सचिव माननीय इस्लाम हवारी प्रवेश गरेका छन् ।

पर्सा जिल्लामा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र महतोको हातबाट हवारीले औपचारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरेको छ ।

कार्यक्रममा माननीय इस्लाम हवारीसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । यस अवसरमा पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कलवार लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पार्टीका पर्सा जिल्ला अध्यक्ष राजेश साहले गरेका थिए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका विभिन्न नेताहरूले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै पार्टीको वैचारिक मार्गदर्शनबारे जानकारी गराए ।

पार्टी प्रवेशपछि माननीय इस्लाम हवारीले राष्ट्रिय मुक्ति पार्टी नेपाल मधेश सहित देशको अधिकार र पहिचानको लागि लड्ने एकमात्र पार्टी भएको बताए । उनले राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ सशक्त बनाउन आफ्नो पूर्ण योगदान रहने र यो देश बहुलराष्ट्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

यस पार्टी प्रवेशसँगै पर्सा जिल्लामा राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन थप बलियो भएको पार्टीका नेताहरूले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News