२०८१ फाल्गुन २०, मंगलवार १९:२६

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारर्लाइ दिएको समर्थन फिर्ता लिने बिषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको जानकारी दिनुभएको हो ।

यद्धपी बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, बिकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उहाले बताउनुभयो ।

उहाले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको उल्लेख गर्नुभयो । अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उहाले जनकारी दिनुभयो । त्यस्तै बैठकले नो केवलकार अभियानप्रति समर्थन जनाउदै वार्ता र सम्वादमार्फत समस्याको समधान गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता सुमनले जानकारी दिनुभयो । बैठकले सवै स्थानीय तह र भातृ संस्थाको अधिवेशन बैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

सवै अधिवेशन सम्पन्न भएसकेपछि हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली राजमार्गमा सय दिने जनतासंग भेटघाट अभियान चलाउने निर्णय बैठकले गरेको छ ।

Comment


Related News

Latest News

Trending News