
नेपाल आयल निगमले ग्यासको मूल्य यथावत् रहेको बताएको छ ।
मंगलबार नेपाल एलपी ग्यास उद्योग सङ्घसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरूबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । साथै निगमले ग्यासको मूल्य यथावत् रहने बताएको छ ।
आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत् रहने स्पष्ट गरेको छ ।