२०८१ फाल्गुन २१, बुधबार ०६:१७

भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको अवस्था दयनीय रहेको प्रति आफू असन्तुष्ट रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै भौतिकमन्त्री यादवले प्रदेशको अवस्था नाजुक हुँदै गएको प्रति आफू असन्तुष्ट रहेको बताए । उनले आफू मधेशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता पनि रहेको स्मरण गर्दै आफू अहिलेको सरकारको व्यवहारले सन्तुष्ट नरहेको बताए ।

उनले अहिलेकै अवस्थाबाट प्रदेश सरकार गुज्रिएमा आफू छिट्टै नै डिप्रेसन हुने दुखेसो समेत पोख्न भ्याए । उनले यदि मुख्यमन्त्री सतीशकुमार सिंहले सरकारको अवस्थामा सुधार नल्याएमा आफूहरु सरकारबाट व्याक हुने सन्देश समेत सार्वजनिक रुपमा सुनाए । उनले भने, ‘म आफै मन्त्री छु, तर सन्तुष्ट छैन, मन्त्री यादवले भने ‘म केही दिन अझै यही अवस्थामा मन्त्री रहे डिप्रेशनको शिकार हुन्छु जस्तो लागिरहेको छ ।’

प्रदेशको अवस्था उनले अहिले मधेश प्रदेश सरकारको अवस्था र रवैया सुधार नभए संघीयता नै धरापमा पर्न सक्ने संकेतसमेत गरे । उनले यहाँका राजनीतिक दलहरु दोषी रहेको आरोप लगाउँदै दलहरुमा इमान्दारिता नरहेकैले प्रदेशको हविगत भएको बताए ।

उनले भने, ‘यो अवस्था देखेर कति पटक मुख्यमन्त्रीजीलाई भेटेरै भनेको छु, अवस्था सुधार्न पहल गर्नुस्, नभए म मन्त्री पदबाट ब्याक हुन तयार रहेको भनेको छु ।’ भौतिकमन्त्री यादवले अघि थप्दैँ भने, ‘यदि अवस्था सुधार नभए आफ्नो ठाउँमा हल्ला खल्ला गर्ने कोही अरुलाई पठाई दिन्छु समेत मुख्यमन्त्रीजीलाई भनेको छु ।’

प्रदेशको अवस्था बिग्रिदै जानुमा मात्र एक पक्षको नभइ सबै पक्षको हात रहेको उनले आरोप लगाए । भौतिकमन्त्री यादवले भने ‘पत्रकारहरुको मलाई फोन आउँछ, तपाईको मन्त्रालयबाट विज्ञापन आएन, निगेटिभ समाचार छापिदिन्छु भन्दै धम्काउँछन् ।’

Comment


Related News

Latest News

Trending News