२०८१ फाल्गुन २१, बुधबार ११:२५

अमेरिकाले चार्टर्ड विमान र नियमित उडान मार्फत नौ नेपालीलाई बुधबार नेपाल फर्काएको छ।

नेपालीलाई लिएर आएको अमेरिकी चार्टर्ड विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी सीता परियारका अनुसार आठ जनालाई चार्टर्ड विमानमा र एक जनालाई कतार एअरवेजकाे जहाज मार्फत नेपाल फर्काइएको हो।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एअरको जहाज गल्फजेटस्ट्रिम बुधबार बिहान ९ः५३ बजे अवतरण गरेको हो। यो विमान अमेरिकाको न्यू ह्याम्पसायर राज्यको पोर्टस्माउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो।

अमेरिकाबाट आएको यो विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थल अवरण गरेको थियो। अल्बानियाका केही नागरिकलाई ओरालेपछि सीधै नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध रूपमा अमेरिकामा बसोबास गर्ने विदेशीलाई फिर्ता पठाउन थालेका छन्। ट्रम्पको आदेशपछि आज आएका सहित ३६ नेपाली अमेरिकाबाट निकालिएका छन्।

Comment

Related News

Latest News

Trending News