२०८१ फाल्गुन २२, बिहीबार ०७:३३

नेपालकै सर्वाधिक लामो चक्रपथ जनकपुरधाम उपमहानगरपालिकामा निर्माण हुन लागेको छ ।

चक्रपथ निर्माणको बुधबार पूर्वउपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठले शिलान्यास गरेका छन् । बहुवर्षीय योजना अन्तर्गतको चक्रपथको लोहनामा नेता महासेठले शिलान्यास गरेका छन् । चालु आर्थिक वर्षमा ५ किलोमिटर कालोपत्रे हुने बताइएको छ । ३३ किलोमिटरसम्म बन्ने परिक्रमा सडक निर्माणमा ११ करोड बजेट रहेकोमा ६ करोड ६० लाखमा ठेक्का लागेको छ ।

महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेको बेला चक्रपथका लागि बजेट राख्न लगाएका थिए । जनकपुरधाममा अहिलेको धार्मिक परिक्रमा सडकको कुल लम्बाई ९ किलोमिटर रहेको छ । संघीय राजधानी काठमाण्डुको चक्रपथ २७ किलोमिटर लामो छ । शिलान्यास कार्यक्रममा पूर्व मन्त्री एवं सांसद जुली महतो, प्रदेश सांसद दीपेन्द्र ठाकुर, एमाले नेता सन्तोष यादवलगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News