२०८१ फाल्गुन २२, बिहीबार ०७:४७

मुख्यमन्त्री सतीशकुमार सिंहले कानुन विपरीत मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गरेका छन् ।

उपकुलपति र डा. महतो र रजिष्ट्रार डा. ठाकुरलाई बर्खास्त गर्ने निर्णय मंगलबार मध्यरातमा प्रदेश सरकारले गरेको छ । मधेश प्रदेशको कानुनी व्यवस्थाका अनुसार उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नका लागि न्याय परिषद्को गठन अनिवार्य रहेको छ । तर मुख्यमन्त्री सिंहले भने प्रदेश सरकारको कानुनलाई बेवास्ता गर्दै आफ्नो स्वेच्छाचारीरुपले बर्खास्त गरेका छन् ।

उपकुलपति र डा. महतो र रजिष्ट्रार डा. ठाकुरलाई बर्खास्त गरेपछि मुख्यमन्त्री सिंहको स्वेच्छाचारी व्यवहारको सर्वत्र विरोध हुन थालेको छ । पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशको कानुनी व्यवस्था विपरीत रहेकाले तत्काल न्याय परिषद्को गठन गर्न माग गरे । उनले उपकुलपति र रजिष्ट्रारलाई हटाउनका लागि न्याय परिषद्को गठन गर्नुपर्ने कानुनी प्रावधान रहे पनि सोको विपरीत प्रदेश सरकार गएर स्वेच्छाचारी रुपले हटाउन नमिल्ने दाबी गरे ।

विगत केही समयदेखि कृषि विश्वविद्यालयमाथि राजनीतिक दबाब र विवाद चलिरहेको छ । जनमत पार्टी र जसपा नेपाल बीचमा शिलान्यासको विवादका कारण कुटाकुटसमेत भएको थियो । यसमा तत्कालीन शिक्षा मन्त्री महेशप्रसाद यादव घाइते भएका थिए । यस घटनापछि मधेश प्रदेशसभाले छानबिन समिति गठन गरिएको थियो । तर सो प्रतिवेदन हालसम्म सार्वजनिक भएको गरिएको छैन । सो प्रतिवेदन सार्वजनिक नै नगरी उपकुलपति र डा. महतो र रजिष्ट्रार डा. ठाकुरलाई बर्खास्त गरिएको छ ।

यससंगै मधेश कृषि विश्वविद्यालयको विवादले नयाँ मोड लिएको छ । जनमत नेतृत्वको सरकारले कृषि विश्वविद्यालयका लागि १० लाख रुपैयाँको बजेट विनियोजन गरे पनि आर्थिक कारोबार भने विगत सात महिनादेखि ठप्प नै छ । यस निर्णयले अहिले छात्र–छात्रा र विश्वविद्यालयका शैक्षिक अन्योलता सृजना भएको छ ।

Comment


Related News

Latest News

Trending News