२०८१ फाल्गुन २२, बिहीबार १३:२७

नेसपा नयाँ शक्तिको आज बसेको बैठकबाट विभिन्न जिल्लाका उत्प्रेरकको जिम्मेवारी तोकिएको छ ।

सो क्रममा अमृताकुमारी देवीलाई पर्साको उत्प्रेरक, मदनकुमार यादवलाई बाराको, इजेहार आलमलाई रौतहटको, राजेश सिंहलाई सर्लाही/महोत्तरीको, दिपक महतोलाई धनुषाको, तारा भण्डारीलाई सिराहाको र समिना खातुनलाई सप्तरीको उत्प्रेरकको जिम्मेवारी दिइएको छ ।

पार्टी उपाध्यक्ष एवं मधेश प्रदेशका उत्प्रेरक तथा केन्द्रिय सदस्यहरुको अर्को बैठक य चैत ९ गते शनिबार पुनः बस्ने निर्णयसमेत बैठकले गरेको जनाइएको छ ।

बैठक अघि पार्टीका धनुषा संयोजक भोगेन्द्र रायले नव निर्वाचित केन्द्रिय उपाध्यक्ष द्वय उमेश साह र ईश्वर रिजाल तथा यस प्रदेशबाट निर्वाचित केन्द्रिय सदस्यहरुलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

बैठकमा केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेशका उत्प्रेरक उमेश साह, केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेशका पुर्व उत्प्रेरक ईश्वर रिजाललगायतको उपस्थितिमा रहेको थियो ।

Comment


Related News

Latest News

Trending News