२०८१ फाल्गुन २२, बिहीबार १४:५०

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प  एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् ।

महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।

आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ ।

जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।

नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिक टन कागज खपत हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News