
सरकारले जारी गरेका बिभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ ।
बिहीबार राष्ट्रियसभाकोे बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ भएका थिए । जसलाई राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो ।
त्यसअघि उक्त अध्यादेशबिरुद्ध परेका विरोधका सूचनाहरु अस्वीकृत भएका थिए । यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन् ।
अध्यादेश संघीय संसदको दुवै सदनबाट पारित भएसंगै प्रतिष्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।