२०८१ फाल्गुन २२, बिहीबार १८:०६

जनता समाजवादी पार्टी  (जसपा) नेपालले स्थानीय र प्रदेश तहलाई अधिवेशन गर्न परिपत्र जारी गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पार्टी सङ्गठन निर्माण तथा सञ्चालन गर्न र आन्तरिक लोकतान्त्रिक अभ्यास गर्न विभिन्न तहगत समितिको अधिवेशन गर्ने निर्णय गरी अधिवेशनको कार्यतालिकासमेत निर्धारण गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

जसअनुसार २०८१ चैत्र मसान्तसम्म सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन गरिसक्नुपर्ने छ ।

त्यसै गरी २०८२ वैशाख २५ गते भित्र सबै प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिहरूको अधिवेशन गर्नुपर्ने भनिएको बताइएको छ । पार्टीसम्बद्ध भ्रातृसङ्गठनहरुको अधिवेशन आगामी वैशाख मसान्तसम्म गरिसक्नुपर्ने छ ।

त्यसै गरी यही फागुन मसान्तभित्र पार्टी विधानअनुसार थप भएका सङ्गठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पार्टीले निर्देश गरेको प्रमुख बस्नेतको भनाइ छ ।

Comment

Related News

Latest News

Trending News